अनमोल केसी विरुद्ध अदालतमा मुद्दा दायर
वि.सं.२०८२ असार ९ सोमवार १०:२०

काठमाडौं । साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठले आफ्नो फोन नम्बर दुरुपयोग गरेको भन्दै अभिनेता अनमोल केसी र उनको फिल्म ‘फर्की फर्की’को टिमविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका छन्। सोमबार फिल्ममा आफ्नो फोन नम्बर दुरुपयोग गरिएको र यसले आफूलाई मानसिक र शारिरिकरुपमा हानी पुगेको भन्दै श्रेष्ठले मुद्दा दायर गरेका हुन् ।
दायर रिटमा श्रेष्ठले आफ्नो मोबाइल नम्बर दुरुपयोग गरिएको र एमएसएम ओटीटी प्लाटफर्मबाट मोबाइल नम्बर हटाउन आग्रह गर्दा पनि नहटाएकाले कार्वाहीको माग गरिएको छ । आफूलाई मानसिक तथा शारिरीक रुपमा हानिनोक्सानी भएको भन्दै उनले उचित क्षतिपूर्तिको माग राखेका छन् ।
रिटमा अभिनेता केसी, निर्देशक सुयोग गुरुङ, चलचित्र जाँच समिति, निर्माता रोहित अधिकारी लगायतलाई विपक्षी बनाइएको छ । उनीहरूलाई कानून अनुसार सजायको माग गरिएको छ ।
वि.सं.२०८२ असार ९ सोमवार १०:२०







