‘लालीबजार’मा स्वस्तिमाको पात्र यस्तो

1.48K shares

काठमाडौँ । यम थापाको लेखन तथा निर्देशन रहने फिल्म ‘लालीबजार’को पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले स्वस्तिमा खड्काको पात्रको लुक्स सार्वजनिक गरेको हो ।

निर्माणपक्षले स्वस्तिमाको क्यारेक्टर पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति पनि तय गरेको छ । षट्कोण आर्ट्सको व्यानरमा निर्माण हुन लागेको यो फिल्मको प्रदर्शन मिति फागुन १ गतेलाई तोकिएको छ ।

सार्वजनिक पोष्टरमा नायिका स्वस्तिमा खड्कालाई गर्भवती महिलाको रुपमा देखाइएको छ । साथै उनको मेकअप र हाउभाउले उनि यौनकर्मी रहेको चित्रीत गर्छ । पोस्टर सार्वजनिक भएपछि यसको चौतर्फि चर्चा भएको छ ।

फिल्ममा रवीन्द्र सिंह बानियाँ र म्याक्स दीपेश खत्रीको लगानी रहनेछ । प्रदीप भट्टराई फिल्मका कार्यकारी निर्माता हुन् । फिल्मको छायांकन दशैँपछि हुने जनाइएको छ । फिल्ममा स्वस्तिमाको साथमा केकी अधिकारी पनि रहनेछिन् ।

1.48K shares