माग्नेबुढाको फिल्ममा व्यस्तता, कृषाको ‘जहाजै’मा अनुबन्धित
वि.सं.२०८२ असार ११ बुधवार ०६:२९

काठमाडौँ । अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’को फिल्ममा व्यस्तता बढेको छ । लगातार उनि एकपछि अर्को फिल्ममा अनुबन्धित भइरहेका छन् ।
हालै मात्रै उनि निर्देशक कृषा चौलागाईंले निर्देशनमा बन्ने ‘जहाजैमा’मा अनुबन्धित भएका छन् । उनले मंगलबार निर्माण टिमसँग कागजी संझौता गरेको छन्।
फिल्मको हाल धमाधम प्रि–प्रोडक्सनको काम चलिरहेको छ । फिल्मको प्रि–प्रोडक्सनमा साथ दिन यसका निर्माता उज्ज्वल गुरागाईँ जापानबाट नेपाल आएका छन् । आ
मल्टिस्टारर कलाकारहरू रहने फिल्ममा यसअगाडि जापानीज नायिका रुजेल इचिमिया फाइनल भइसकेकी छिन् । फिल्मले नेपाल, जापान र फिलिपिन्सको कथा भन्नेछ ।
यूएनए प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको फिल्मको छायांकन भदौबाट सुरु हुनेछ । फिल्मलाई नेपाल, जापान र फिलिपिन्समा खिचिनेछ । यो फिल्ममा पुरुषोत्तम प्रधानको डीओपी रहने छ ।
वि.सं.२०८२ असार ११ बुधवार ०६:२९







