‘मालती मंगले’ बन्दै विजय र वर्षा
वि.सं.२०८२ असार १४ शनिवार १२:१३
1.59K
shares

काठमाडौँ । प्रकु पाण्डेयको निर्देशनमा चलचित्र ‘मालती मंगले’ बन्ने भएको छ । ‘मालती मंगले’ भूमिकामा विजय बराल र नायिका वर्षा राउत अनुबन्धित भएका छन् ।
रानी म्युजिक इन्टरनेशनल प्रा।लिको व्यानरमा निर्माण हुन लागेको फिल्म फिल्ममा संयोग गुरागाँईको पटकथा तथा संवाद, निर्देशक पाण्डेयको कथा छ । सागर ज्ञवाली कार्यकारी निर्माता रहेको फिल्ममा महेश पौडेलको डीओपी, रोमी तण्डुकारको सम्पादन, राजनराज सिवाकोटीको संगीत रहनेछ ।
फिल्मको छायांकन भदौबाट सुरु हुनेछ । रामकृष्ण ढकालको लगानी रहने फिल्म यही वर्षको अन्त्यसम्ममा प्रदर्शन गर्ने तयारी रहेको जनाइएको छ ।
वि.सं.२०८२ असार १४ शनिवार १२:१३
1.59K
shares








