‘जदौ’मा ऋचा शर्मा अनुबन्धित

1.22K shares

काठमाडौँ । काजी लिम्बूको लेखन तथा निर्देशन रहने चलचित्र ‘जदौ’मा ऋचा शर्मा अनुबन्धित भएकी छन् । निर्माण टिमले हालै शर्मालाई अनुबन्धित गरेको हो ।

निर्माण टिमले अभिनेता मुकुन भुषाल र नीति शाहलाई यसअगाडिनै फाइनल गरिसकेको छ । फिल्ममा ऋचाको प्रवेशसँग कलाकारको लाइनअप बलियो देखिएको छ ।

फिल्मलाई सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टले संयुक्त रुपमा निर्माण गर्नेछन् । चलचित्रको सहनिर्मातामा रामराजा सुवेदी,ओम चेम्जोङ, शान्ता तामाङ र नारायण शास्त्री छन् ।

1.22K shares