‘भाइटीका’मा विपिनकी बहिनीको रोलमा देखिदै रेखा थापा
वि.सं.२०८२ असार २६ बिहीवार ०४:४१
1.36K
shares

काठमाडौँ । रोहित अधिकारीले निर्माण गर्ने आगामी फिल्म ‘भाइटीका’मा अभिनेत्री रेखा थापा अनुबन्धित भएकी छन् । रेखा र निर्माण टिमबिच बुधबार लिखित सम्झौता समेत भइसकेको छ ।
फिल्मको मुख्य भूमिकामा अभिनेता विपिन कार्की अनुबन्धित भइसकेका न् । दाजुबहिनीको कथा भन्ने फिल्ममा रेखाले विपिनको बहिनीको भूमिका निभाउने जनाइएको छ ।
रेखा थापाले भर्खरै मात्रै एक थियटर नाटकमा अभिनय गरेकी थिइन् । उनले पछिल्लोपटक ‘उपहार’मा काम गरेकी थिइन् । फिल्मलाई दीपक वलीले निर्देशन गनेछन् । फिल्मको पटकथा महेश दवाडीको हुनेछ ।
वि.सं.२०८२ असार २६ बिहीवार ०४:४१
1.36K
shares








