घुस काण्डमा गुप्ताले राजीनामा दिएपछि एमालेले बनायो भगवती न्यौपाने सामान्य प्रशासन मन्त्री
वि.सं.२०८२ असार ३१ मंगलवार १२:११
1.99K
shares

काठमाडौं । राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त भएकी छन् । न्यौपाने नेकपा एमालेका तर्फबाट राष्ट्रिय सभा सदस्य हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरेका हुन् । घुस मागेको अडियो काण्डमा फसेका मन्त्री राजकुमार गुप्ताले मंगलबार बिहान राजीनामा दिएका थिए । लगत्तै रिक्त मन्त्री पदमा न्यौपाने नियुक्त भएकी हुन् ।
वि.सं.२०८२ असार ३१ मंगलवार १२:११
1.99K
shares







