यस्तो देखियो ‘जनै हराएको मान्छे’को टिजर

1.38K shares

काठमाडौं । चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को टिजर सार्वजनिक भएको छ । आज ओएसआर डिजिटलमार्फत फिल्मको २ मिनेट लामो टिजर सार्वजनिक गरिएको हो ।

सार्वजनिक टिजरमा कोरिया जाने सपना, संघर्ष, प्रेम र धोका देखाइएको छ । विवाहको दृश्यसँगै सुरु हुने टिजरमा चलचित्रका मुख्य पात्र विजय बरालको कोरिया सपना केन्द्रमा छ । कोरिया जान बुवालाई मनाउँदाको नोकझोँक र काठमाडौं पुगेपछि पाएको दुख वरिपरि टिजर घुमेको छ ।

हिमाल न्यौपानेको निर्देशनमा बनेको चलचित्रको असोसियट निर्देशक मनिष राउत हुन । पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् ।

फिल्ममा विजयको साथमा केकी अधिकारी, मिरुना मगर, गौरव पहारी, कविता आले लगायतका कलाकारको अभिनय रहेको छ । अल टाइम ब्लक बस्टर चलचित्र ‘पूर्णबहादुरको सारंगी’पछि विजयको मुख्य भूमिकामा आउन लागेको चलचित्र भएकाले पनि फिल्मबाट ठुलो अपेक्षा गरिएको छ ।

‘फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् । चलचित्रमा थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटीको संगीत रहेको छ ।

 

 

1.38K shares