‘चमेलीको पोई’ चैत्र १३ बाट रिलिजमा हुने
वि.सं.२०८२ असार ३२ बुधवार १२:३८
1.28K
shares

काठमाडौँ । एभरेष्ट सूर्य बोहराको निर्देशनमा बनेको चलचित्र चमेलीको पोईको प्रदर्शन मिति तय भएको छ । बुधबार फिल्मको तीनवटा पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको हो ।
फिल्ममा सुरक्षा पन्त, मुकुन भुसाल, नारायण त्रिपाठी, विल्सन विक्रम राई, रविन्द्र झा लगायतका कलाकारहरूको अभिनय छ । धन लक्ष्मी सिने मेकर्सको प्रस्तुतिमा तयार भएको यो फिल्ममा सुनिता सापकोटा र राम नारायण उपाध्यायको लगानी छ ।
फिल्ममा शिवम् अधिकारीको पटकथा तथा संवाद रहेको फिल्ममा चमेलीको भूमिकामा सुरक्षा देखिएकी छिन् भने मुकुन उनको श्रीमान्को भूमिकामा देखिएकी छिन् ।
वि.सं.२०८२ असार ३२ बुधवार १२:३८
1.28K
shares







