‘गुन्यु चोलो’ को ‘म फूल हुँ’ गीत सार्वजनिक

1.81K shares

काठमाडौँ । समुन्द्र भट्टको निर्देशनमा बनेको चलचित्र ‘गुन्यु चोलो द ड्रेस’को पहिलो गीत सार्वजनिक भएको छ । निर्माण टिमले गीत सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति पनि तय गरेको छ ।

मंगलबार एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ‘म फूल हुँ कि काँडा’ बोलको गीत सार्वज्निक गरेको हो । लेखु सहयात्रीको शब्द रचना रहेको गीतमा मनीषा पोखरेलको स्वर, लेखुकै संगीत छ । गीतले कुनै पनि मानिस भित्रको माया र भावनाको कुरा गरेको छ । गीतको भिडियोमा नाजिर हुसेनको नृत्य रहेको छ ।

पारालैंगिक पात्रको कथा भन्ने फिल्म भदौको १३ गतेबाट रिलिजमा आउने छ । फिल्ममा संचिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ, विशाल पहारी लगायतका कलाकारहरूको पनि अभिनय छ ।

 

 

1.81K shares