‘रिमै’को टिजरमा कबड्डी जोडिको प्रेम
वि.सं.२०८२ साउन ७ बुधवार ०७:२६

काठमाडौँ । अभिनेता दयाहाङ राई र रिश्मा गुरुङ अभिनित चलचित्र ‘रिमै’ को टिजर सार्वजनिक भएको छ । ‘कबड्डी’का काजी र मैँयालाई दर्शकले फेरि एकपटक पर्दामा हेर्न पाउने भएका छन् ।
सार्वजनिक टिजरमा टिजरमा ग्रामीण परिवेश प्रेम, पीडा र बदला देखाइएको छ । टिजरमा दया गम्भीर देखिएका छन् । उपेन्द्र सुब्बाको लेखन रहेको फिल्मले समाजको गहिरो यथार्थतालाई प्रस्तुत गरेको छ ।
फिल्ममा दया र रिश्माको साथमा अर्पण थापा, वुद्दि तामाङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरबल घले, डीबी गुरुङ लगायतका कलाकारहरूको अभिनय छ ।
फिल्मलाई गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रालिको प्रस्तुति र रोटेपिङ इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण गरिएको हो । फिल्ममा टीका गुरुङ, जित यात्री गुरुङ र दान बहादुर घले को लगानी रहेको छ । फिल्मका कार्यकारी निर्माता वीरबल घले हुन् ।
फिल्ममा शैलेन्द्रध्जव कार्कीको छायांकन, दीपक शर्मा र थानेश्वर गौतमको संगीत, मित्र डी गुरुङको सम्पादन छ । फिल्म भदौको २० गतेबाट प्रदर्शनमा आउने भएको छ ।
वि.सं.२०८२ साउन ७ बुधवार ०७:२६





