कर्णालीको कथाको फिल्म ‘रेलको बाटो’ बन्ने

1.93K shares

काठमाडौं । लक्ष्मण सुनारको निर्देशनमा चलचित्र रेलको बाटो बन्ने भएको छ । आज निर्माण टिमले थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरेको हो ।

फिल्ममा कर्णाली क्षेत्रको सामाजिक, राजनीतिक र भौगोलिक अवस्थालाई देखाइनेछ । सार्वजनिक पोस्टरमा ‘लैजा तेरो सिंहदरबार, मलाई मेरो गाउँ फिर्ता दे’ भन्ने वाक्य राखिएको छ ।

कस्तुरी प्रोडक्सन प्रालिको निर्माण र रेड अम्ब्रेला इन्टरटेन्मेन्ट प्रालिको सहकार्यमा बन्ने फिल्ममा निशाल पौडलको छायांकन र सुरज पण्डितको संगीत रहनेछ ।

फिल्मका कार्यकारी निर्माता नगेन्द्र घिमिरे हुन् भने वितरण अधिकार काफिया फिल्म्सले लिएको छ । यसअघि सार्वजनिक भएको ‘रेलको बाटो’ गीतको म्युजिक भिडियोले चर्चा पाएको थियो ।

1.93K shares