एकैदिन तोलामा ३४ सयले बढ्यो सुन, तोलाको कति पुग्यो ?
वि.सं.२०८२ साउन १८ आइतवार ०६:११
2.38K
shares

काठमाडौँ । नेपाली बजारमा आइतबार सुन चाँदीको भाउ ह्वात्तै बढेको छ । बजारमा सुनको मुल्य तोलामै ३ हजार ४ सय रुपैँयाले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९६ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९३ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि तोलामा १५ रुपैँयाले बढेर प्रतितोला २ हजार २ सय ५० रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।
वि.सं.२०८२ साउन १८ आइतवार ०६:११
2.38K
shares




