सुरक्षाको ‘बुकी’को फस्टलुक सार्वजनिक
वि.सं.२०८२ साउन १८ आइतवार ०७:०२
2.42K
shares

काठमाडौँ । मोहन केसीको निर्देशनमा बनेको चलचित्र ‘बुकी’को पोस्टर सार्वजनिक भएको छ । फिल्मको फस्टलुकमा एक पुरुषसहित सात जना महिला भलिबल खेलिरहेको देख्न सकिन्छ ।
पोस्टरमा पात्रहरु भलिबल प्रतियोगिताका लागि तयारी गरिरहेको वुझ्न सकिन्छ । बुकी फूल हिमाली क्षेत्रको पाटनमा वर्षाको समयमा फूल्ने गर्दछ । सोही फूललाई केन्द्रमा राखेर कथा भनेको वुझ्न सकिन्छ ।
लक्ष्मण सापकोटा, अमिशा काउचा थापा र रमेश थापा फिल्मका निर्माता हुन् भने प्रकाश आले र बसुन्धारा खरेल कार्यकारी निर्माता हुन् ।
फिल्ममा सुरक्षा पन्त, देवेन्द्र बब्लु, रोशनी कार्की, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमिल्सिना, गानु जोशी, अनु दाहाल, सन्दिप बाबु लोहनी र निशा बजगाँई मुख्य कलाकारको रुपमा छन् ।
वि.सं.२०८२ साउन १८ आइतवार ०७:०२
2.42K
shares





