नीताको ‘सुख दुःख’मा विपना थापा

2.14K shares

काठमाडौं । अभिनेत्री तथा निर्मात्री समेत रहेकी नीता ढुंगानाले निर्देशन गर्न लागेको नयाँ फिल्म ‘सुख दुःख’मा विपना थापा अनुबन्धित भएकी छन् । थापाले यसअगाडि नीताकै ‘ह्रस्वदीर्घ’बाट लामो समयपछि नेपाली फिल्ममा कमब्याक गरेकी थिइन् ।

नीता र विपनाले दोश्रोपटक सहकार्य गर्न लागेका हुन् । फिल्ममा यसअघि मिथिला शर्मा, मदनकृष्ण श्रेष्ठ अनुबन्धित भैसकेका छन् । नीता फिल्मसको ब्यानरमा बन्ने फिल्मलाई २०८३ को दशैंमा रिलिज गर्ने लक्ष्य राखिएको छ ।

वितरण अधिकार काठमाडौं उपत्यकाबाहिर एफडी कम्पनी र काठमाडौं उपत्यकाभित्र रीच इन्टरटेनमेन्टले लिएका छन् ।

2.14K shares