रवि लामिछानेलाई हावा पनि नछिर्ने कोठामा राखिएको छ : मानव अधिकार आयोग

2.21K shares

काठमाडौँ । राष्ट्रिय मानवअधिका आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने राखिएको कारागारको अनुगमन गरेको छ । सोमबार आयोगकी आयुक्त लिली थापासहितको टोलीले कारागारको अनुगमन गरेको हो ।

केहि दिनअगाडि मिडियामा रविलाई भिआईपी सुविधा दिएर राखिएको खबर बाहिरिएको थियो तर बाहिर चर्चा भएजस्तो लामिछानेलाई सुविधा नदिइएको अवस्था भेटिएको छ ।
आयुक्त लीला थापाका अनुसार लामिछानेको कोठामा पंखा छ, तर झ्याल बन्द हुँदा बाहिरको हावा जाँदैन ।

लामिछानेकोमा अट्याच शौचालय छ, तर पूरा गारो छैन, पंखा छ तर झ्याल बन्द गरिएको छ । उनलाई कोठाबाहिर हिँडडुल र घुमफिरसमेत गर्न समेत दिइएको छैन ।

 

 

2.21K shares