मदन भण्डारीको छोरीले छाडिन् एमाले

2.08K shares

काठमाडौँ । स्वर्गीय मदन भण्डारीको छोरी उषाकिरणले पनि एमालेको विभागबाट राजीनामा दिएकी छिन् । पूर्वराष्ट्रपती विद्या देवी भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने नेकपा एमालेको निर्णयपछि छोरी उषाकिरण भण्डारीले पार्टीको विभागबाट राजीनामा दिएकी हुन् ।

पार्टीको परराष्ट्र मामिला विभागमा रहेकी भण्डारीले विभागको सदस्यबाट राजीनामा दिएकी हुन्। परराष्ट्र मामिला विभागको प्रमुखको जिम्मेवारी सचिव रघुवीर महासेठलाई दिएको छ। भण्डारीले तीन दिनअघि राजीनामा दिएको स्रोतको दाबी छ। भण्डारी आफैँले भने केही बताएकी छैनन्।

साउन ९ गते पूर्वराष्ट्रपति विद्या भण्डारीले पार्टी सदस्यता कायम भएको भन्दै पत्रकार सम्मेलन गरेकी थिइन्। त्यसयता एमालेका विभिन्न विभागमा रहेका नेताहरूले भण्डारी राजनीतिमा आउन नहुने भन्दै अभिव्यक्ति दिइरहेका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले पनि विद्या भण्डारी सम्मानित र राष्ट्रको उच्च पदमा पुगेका कारण उच्च सम्मानका साथ बस्नुपर्ने बताउँदै आएका छन्।

2.08K shares