‘जारी २’ को टिजर : च्याब्रुङको धुनमा लिम्बू समुदायको कथा
वि.सं.२०८२ साउन २६ सोमवार १०:२७

काठमाडौँ । बहुप्रतिक्षित फिल्म ‘जारी २ :सङ अफ च्याब्रुङ’ को टिजर सार्वजनिक भएको छ । सोमबार फिल्मको साढे २ मिनेटको टिजर सार्वजनिक गरिएको हो ।
टिजरमा लिम्बु समुदायको पहिचान च्याब्रुङ बाजाको सेरोफेरोमा कथा देखाइएको छ । च्याब्रुङ नै नाच्न नजान्ने लिम्बुलाई ‘नाङ्गो’ पहाडसँग तुलना गरिएको छ । टिजरले च्याब्रुङलाई लिम्बुको खुसीको स्वरमा व्याख्या गरेको छ ।
उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको फिल्मलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन्। फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहेको छ।
‘जारी २’ ‘जारी’ कै शिलशिलेवार कथा हुनेछ । फिल्मलाई बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण गरिएको हो । ‘जारी’ले रेकर्डब्रेक कमाई गरेकाले जारी २ ले पनि उस्तै व्यापार गर्ने अनुमान गरिएको छ ।
फिल्म असोज ३ गतेबाट प्रदर्शनमा आउनेछ ।
वि.सं.२०८२ साउन २६ सोमवार १०:२७





