टिकटकर आभा ढुंगाना अब फिल्मको नायिका
वि.सं.२०८२ साउन २६ सोमवार १०:५२
2.42K
shares

काठमाडौँ । टिकटकर तथा इन्फ्लुएन्सर आभा ढुङ्गानाले फिल्ममा डेब्यू गर्ने भएकी छन् । उनले निर्देशक दिनेश जी खड्काको आगामी चलचित्र ‘कश्यप’ मार्फत अभिनेत्रीको रूपमा डेब्यु गर्ने भएकी हुन् ।
फिल्मको कथाको मागअनुसार नयाँ र प्रतिभाशाली अनुहार खोजिरहेका बेला स्क्रिन टेस्टमा उत्कृष्ट प्रदर्शन गरेपछि आभालाई यस भूमिकाका लागि छनोट गरिएको निर्माण पक्षले जनाएको छ। यसै गरी, ‘कश्यप’ मार्फत अर्की एक नयाँ अनुहार बाल कलाकार रिद्धी खत्रीले पनि नेपाली रजतपटमा पाइला राख्दैछिन्।
यसअघि, निर्माण पक्षले फिल्मका एक्सन हिरो सविन श्रेष्ठको फस्टलुक पोस्टर सार्वजनिक गरिसकेको छ।
वि.सं.२०८२ साउन २६ सोमवार १०:५२
2.42K
shares





