फिल्म ‘काजी’ बन्ने, विपिन र केकी मुख्य भुमिकामा
वि.सं.२०८२ भदौ ९ सोमवार १२:२१
2.58K
shares

काठमाडौँ । लक्ष्मण रिजालको निर्देशनमा चलचित्र ‘काजी’ बन्ने भएको छ । शुक्रबार दक्षिणकाली मन्दिरमा शुभमुहूर्त गर्दै फिल्म निर्माण घोषणा गरिएको हो ।
फिल्ममा विपिन कार्की, केकी अधिकारी, गरिमा शर्मा लगायतका कलाकारको अभिनय रहने छ । विपिन र केकीले ‘प्रसाद २’ मा एकसाथ काम गरेका थिए ।
आरएण्डआर प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मलाई रामप्रसाद रिजालले निर्माण गर्न लागेका हुन् ।चलचित्रका लागि स्याङ्जामा एउटा गाउँको सेट नै निर्माण गरिएको छ ।
प्रदीप भारद्धाजको लेखन रहेको चलचित्रमा चिन्तनराज भण्डारीको छायाङ्कन, कालीप्रसाद बास्कोटाको गीतसङ्गीत रहेको छ । चलचित्र सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मस्ले वितरण गर्नेछ ।
वि.सं.२०८२ भदौ ९ सोमवार १२:२१
2.58K
shares








