जेनजी नेता सुधन गुरुङ एमालेमा आउने महेश बस्नेतको दाबी

1.67K shares

काठमाडौँ । गत २३ र २४ गते भएको जेनजी आन्दोलनबाट उदाएका सुधन गुरुङ नेकपा एमालेमा प्रवेश गर्ने एमालेका नेता महेश बस्नेतले दाबी गरे । सोहि आन्दोलनबाट एमालेका अध्यक्ष रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता बहिर्गमन गरेको थियो ।

आज नेकपा एमालेले पार्टी केन्द्रीय कार्यालय च्यासलमा संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा भेटिएका बस्नेतले उक्त दाबी गरेका हुन् । एक युट्युबरले बस्नेतलाई सोधिहाले, ‘सुधन गुरुङले तपाईंलाई आरोप लगाएको छ नि ?’ भनि सोधेको प्रश्नमा बस्नेतले ‘यस्ता हावा कुरा’ भन्दै , ‘आरोप लगाएको छैन मलाई । विचरा त्यो सुधन गुरुङ डराएर महेश अंकलले पनि के–के भन्नुभएको थियो भनेको छ ।’बस्नेतले सुधन गुरुङ एमालेमा आउन सक्ने अपत्यारिलो दाबी समेत गरे ।

उनले भने, ‘सुधन भाइ एमालेमा आउँछजस्तो लाग्छ । यो विषयमा अलिअलि कुराकानी समेत भएको छ । हामीलाई सुरक्षा थ्रेट भयो भनेर यिनीहरुको ठूलो टोली हामीसँग सम्पर्कमा छ । यिनीहरु एमालेमा आए भने तपाईंहरू अचम्ममा नपर्नुस् ।’

 

1.67K shares