‘माइतीघर’को ट्रेलर : उपासनालाई पाउन धिरज र प्रकाशको संघर्ष
वि.सं.२०८२ असोज ३ शुक्रवार ०९:३०

काठमाडौँ । दसैंको फूलपातीदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘माइतीघर’ को ट्रेलर सार्वजनिक भएको छ। बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच ट्रेलर सार्वजनिक गरिएको हो ।
ट्रेलरमा फिल्मको कथावस्तु र चरित्र चित्रणबारे जानकारी दिएको छ। अन्तरजातिय प्रेमकथा र माइतीको सम्बन्धलाई ट्रेलरमा देखाइएको छ । प्रकाश सपुत र उपासना सिंह ठकुरीबीचको प्रेममा धिरज मगरको प्रवेशपश्चात आउने उतारचढावलाई ट्रेलरमा देखाइएको छ।
रोहित अधिकारी फिल्मस्को प्रस्तुति रहेको फिल्ममा धिरज मगर, प्रकाश सपुत, केदार घिमिरे, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, शिशिर वाङ्देल, युवराज लामा, रजनी गुरूङलगायत कलाकारहरूको अभिनय छ। मिलन तामाङको निर्देशनमा बनेको फिल्मको लेखक रामशरण पाठक हुन्। निर्माता रविन शेरचन र धिरज तामाङ हुन भने कार्यकारी निर्मातामा ईश्वर श्रेष्ठ र निरज कटुवाल छन्।
वि.सं.२०८२ असोज ३ शुक्रवार ०९:३०












