‘गुन्युचोलो’ टिमको विरोधपछि ‘अञ्जिला’लाई सिफारिस गर्ने अस्कर छनोट समितिको निर्णय स्थगित

1.09K shares

काठमाडौं । अस्कर अवार्डको नेपाल छनौट समितिले फिल्म ‘अञ्जिला’लाई सिफारिस गरेपछि तीव्र विवाद उत्पन्न भएको छ । फिल्म ‘गुन्युचोलो’को टिमले पत्रकार सम्मेलन गर्दै छनौट समिति बिकेको आरोप समेत लगाएको छ ।

समितिमा फिल्म नबुझ्ने मान्छेहरु रहेको गुन्युचोलोको निर्देशक समुन्द्र भट्टले आरोप लगाइन् । लगातार विवाद उत्पन्न भएपछि समितिले अञ्जिलाको सिफारिस निर्णय स्थगित गरेको छ ।

समितिले ५ दिनको म्याद दिएर पुनः आवेदन माग गरेको छ । यसअघि आवेदनको लागि पर्याप्त समय नदिइएको र समितिका सदस्यसँग अस्कर मापदण्डको स्वार्थ बाझिएको भन्दै विरोध भएको थियो ।

1.09K shares