प्रकाश सपुतका लागि ‘माइतीघर छोरी, हरिबहादुरको जुत्ता छोरा’
वि.सं.२०८२ असोज ५ आइतवार ०६:५६

काठमाडौँ । गायक, नायक, निर्देशक प्रकाश सपुतको यो दशैँमा दुई फिल्म एकसाथ रिलिज हुँदैछ । उनको फिल्म ‘माइतीघर र हरिबहादुरको जुत्ता’ असोजको १३ गते फूलपातिबाट रिलिजमा आउँदैछन् ।
अहिले प्रकाश फिल्मको प्रचारमा व्यस्त छन् । केहि फिल्मको सुटिङ तथा कात्तिकको ६ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘सोल्टिनी’लाई पनि समय दिनुपर्ने । फिल्म ‘परालको आगो’को छायांकन भइनै रहेको छ । यस्तोमा प्रकाशको व्यस्तता व्यापक देखिन्छ ।
फिल्म माइतीघरको ट्रेलर रिलिजको क्रममा उनले यो वर्ष होम प्रोडक्सनको फिल्म निर्देशन नगर्ने बताएका छन् । त्यस्तै, हरिबहादुरको जुत्ता र माइतीघरको बारेमा उनले भने –‘दुवै फिल्म मेरा लागि बराबर छन् । एउटा छोरा हो, अर्को छोरी हो ।’ उनका अनुसार ‘हरिबहादुरको जुत्ता उनका लागि छोरा हो भने ‘माइतीघर’ छोरी हो ।
वि.सं.२०८२ असोज ५ आइतवार ०६:५६





