दीपकराज समूहले २०८३ सालको दशैंमा फिल्म ल्याउने
वि.सं.२०८२ असोज २२ बुधवार ०६:१२

काठमाडौं । अभिनेता तथा निर्माता दीपकराज गिरीले २०८३ सालको दशैंमा फिल्म ल्याउने घोषणा गरेका छन् । उनले सामाजिक संजाल फेसबुकमार्फत अर्को वर्षको दशैंका फिल्म ल्याउने घोषणा गरेका हुन ।
उनको टिम अहिले ‘छक्कापञ्जा कमेडी टूर’को सिलसिलामा अमेरिका भ्रमणमा छन् । दीपकले सामाजिक संजालमा लेखेका छन्, ‘देशको राजनीतिक अवस्था साथै प्राकृतिक प्रकोपका बिच दशैं सोचे जस्तो पक्कै भएन होला । हामीले पनि यो साल चलचित्र ल्याउन सकेनौं, तैपनि दशैमा प्रदर्शन भएका नेपाली चलचित्रहरूलाई दिनुभएको मायाका लागि धेरै धेरै धन्यबाद । अर्को साल दशैमा भेटौला ।’
दीपकराज समूहका छक्का पन्जा सिरिज सर्बाधिक हिट छ । तर, यो पटक छक्का पञ्जाकै नयाँ सिरिज आउने हो वा अरु नै फिल्म त्यो बारे गिरीले खुलाएका छैनन् । लगातार दशैंमा फिल्म ल्याउँदै आएका दीपकको फिल्म भने यसपटकको दशैंमा रिलिज भएन ।
वि.सं.२०८२ असोज २२ बुधवार ०६:१२








