बाबु र छोराको सम्बन्धको कथामा ‘परान’को ट्रेलर
वि.सं.२०८२ कात्तिक २ आइतवार ०५:०२
1.42K
shares

काठमाडौँ । दीपक प्रसाद आचार्यको कथा तथा निर्देशनमा बनेको चलचित्र परान को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा बाबु छोराको सम्बन्धको कथा देखाइएको छ ।
बाइस्कोप सिनेमा प्रा.लिको प्रस्तुतिमा तयार भएको फिल्म कात्तिकको १४ गतेबाट प्रदर्शन हुँदैछ । फिल्ममा रञ्जित आचार्य र शेखर गोल्छाको लगानी छ । फिल्ममा नीर शाह, मदन कृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, महेश त्रिपाठी, अन्जना बराइली, वुद्दि तामाङ लगायतका कलाकारहरूको अभिनय छ ।
यम थापाको पटकथा र संवाद रहेको फिल्ममा रिदम कँडेलको संगीत, मित्र डी गुरुङको सम्पादन, शिवराम श्रेष्ठको डीओपी, सुनिल क्षेत्रीको कोरियोग्राफी छ । फिल्मका कार्यकारी निर्माता अजय उपाध्याय हुन् ।
वि.सं.२०८२ कात्तिक २ आइतवार ०५:०२
1.42K
shares












