एक सय ५० रुपैयाँमा वडाबाटै एक्स–रे सेवा
वि.सं.२०८२ पुस १९ शनिवार ०७:१७
616
shares

काठमाडौँ । काठमाडौँ महानगरपालिका–८ ले १५० रुपैँयामै एक्स–रे सेवा सुरु गरेको छ । जयबागीश्वरीस्थित वडा कार्यालय परिसरमा स्थापना गरिएको एक्स–रे कक्षको उद्घाटन गर्दै महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल र वडाध्यक्ष आशामान सङ्गतले संयुक्त रुपमा सेवा प्रारम्भ गरेका हुन् ।
उक्त सेवा सञ्चालनका लागि रु ३२ लाखमा अत्याधुनिक मेसिन एक्स–रे मेसिन खरिद गरिएको हो । उपप्रमुख डङ्गोलले, आधारभूत र आकस्मिक स्वास्थ्य सेवाको पहुँचलाई सरल, सहज र गुणस्तरीय बनाउँदै लैजाने क्रममा एक्स–रे सेवा थप गरिएको बताइन् ।
वि.सं.२०८२ पुस १९ शनिवार ०७:१७
616
shares












