‘लण्डन टु पेरिस’को प्रिमियर सम्पन्न

1.67K shares

काठमाडौँ । शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लण्डन टु पेरिस’को प्रिमियर सम्पन्न भएको छ । बिहीबार काठमाडौँमा गरिएको प्रिमियरमा ठिकठाक सेलिब्रेटीहरुको उपस्थिति थियो ।

प्रिमियरपछि फिल्मले मिश्रीत प्रतिक्रिया पाएको छ । फिल्म हेरेपछि बोल्ने क्रममा अधिकांश चलचित्रकर्मिले युवा पुस्तालाई टार्गेट गरेर नयाँ स्वाद पस्कन खोजेको बताएका छन् । फिल्ममा ट्राभल लभस्टोरी देखाइएको छ । प्रेम, रोमान्स, धोकाले भरिएको फिल्म दर्शकले मन पराउने जनाइएको छ ।

घनश्याम लामिछानेको निर्देशनमा बनेको ‘लन्डन टू पेरिस’ मा ‘ट्राभल लभस्टोरी’ कथा प्रस्तुत गरिएको छ । फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का, कबीर खड्का र गरिमा शर्मा लगायतका कलाकारको अभिनय रहेको छ ।

 

1.67K shares