थलापति विजयको अन्तिम फिल्म घोषणा, पारिश्रमिकमा सबै रेकर्ड ब्रेक

2.11K shares

काठमाडौँ । तमिल सुपरस्टार थलापति विजयले फिल्मी करियरबाट विदा लिने भएका छन् । उनले आफ्नो करियरकै अन्तिम फिल्म घोषणा गरेका छन् ।

उनका अन्तिम फिल्म ‘थलापछि ६९’ घोषणा भएको छ । पोलिटिकल एक्सन ड्रामा फिल्मबाट विजयले ३० वर्षभन्दा लामो फिल्मी करियरबाट विदा लिने भएका छन् । फिल्म अक्टोबर २०२५ मा प्रदर्शनमा आउँदैछ । फिल्मका लागि उनले हालसम्मकै सर्वाधिक पारिश्रमिक लिएको जनाइएको छ । फिल्मका लागि उनले २७५ करोड भारु पारिश्रमिक लिएको जनाइएको छ । यति धेरै पारिश्रमिक बुझ्ने उनि पहिलो भारतीय अभिनेता समेत हुन् ।

फिल्मबाट बिदा भएर उनि सक्रिय राजनीतिमा जाने बताइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार विजयले यो फिल्मपछि सम्पुर्ण ध्यान राजनीतिमा लगाउनेछन् । यो वर्षको फेब्रुअरि २ मा उनले ‘तमिलगा वेत्री कझगम’ नामक राजनीतिक पार्टी खोलेका थिए । हिन्दीमा उनको पार्टीको नामको अर्थ ‘तमिलनाडु विजय पार्टी’ हो ।

विजय रजनिकान्त पछिका सर्वश्रेष्ठ अभिनेता मानिन्छन् तमिलमा । उनले सन् २०२६ को विधानसभा चुनाव लड्ने जनाइएको छ ।

विजयले सन् १९९२ मा फिल्म ‘नालैया थेरपु’बाट अभिनयमा डेव्यु गरेका थिए । हालसम्म ६८ ओटाभन्दा धेरै फिल्ममा काम गरेका उनको भर्खरै ‘गोट’ सार्वजनिक भएको थियो ।

2.11K shares