छविलाल जोशीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति
वि.सं.२०८१ असोज ११ शुक्रवार ११:१०
1.62K
shares

काठमाडौँ । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका गोर्खा मिडिया प्रालिका तत्कालीन सञ्चालक समिति सदस्य छविलाल जोशीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिइएको छ। जिल्ला अदालत कास्कीले शुक्रबार उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
आइतबार पक्राउ परेका जोशीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो। उक्त म्याद सकिएसँगै अदालतले थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
सहकारी ठगिको छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले ठगीमा संलग्न गोर्खा मिडियाका तत्कालीन सञ्चालक जोशी सहितलाई कारबाही गर्न सिफारिस गरेको थियो।
वि.सं.२०८१ असोज ११ शुक्रवार ११:१०
1.62K
shares





