हरर – कमेडी फिल्म ‘फिरफिरे फिरिरी’को ट्रेलर रिलिज
वि.सं.२०८१ कात्तिक ९ शुक्रवार १३:१६

काठमाडौँ । हरर कमेडी जनराको नेपाली फिल्म ‘फिरफिरे फिरिरी’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।
एकदमै कम प्रयोग भएको जनराको फिल्म प्रति दर्शकको रुचि रहन सक्छ । फिल्ममा हरर र कमेडी प्रयोग गर्छ । सरल भाषामा भूतले हसाउँछ । दर्शकका लागि यो नयाँ स्वाद हुनसक्छ ।
२ मिनेट ४२ सेकेण्ड लम्बाईको ट्रेलरले गाउँघरमै बसेर विभिन्न पेशा अंगालेका चार युवकहरुको जीवनमा अचानक एक युवतीको आगमनपछि उत्पन्न परिस्थितिलाई हाँस्य शैलीमा देखाएको छ ।
नविन भट्टको निर्देशन रहेको फिल्मबाट सन्दीप श्रेष्ठ र भावना उप्रेतीले डेब्यु गरेका छन् । फिल्ममा रविना केसी, पिटर प्रिन्स, मनोज कुमार अधिकारी, शंकर सेढाई, सूर्यमान लिम्बू, पुष्प अवस्थी लगायतको पनि अभिनय छ । निर्देशक भट्ट र सन्दीप श्रेष्ठले फिल्मको स्क्रिप्ट तयार पारेका हुन् ।
मनोज कुमार अधिकारी फिल्मका निर्माता हुन् । उनी १५ वर्षपछि निर्माणमा फर्किएका हुन् । उनले यसअघि ‘नौ डाँडा पारी’ र ‘मंगलसूत्र’ फिल्म निर्माण गरेका थिए ।
वि.सं.२०८१ कात्तिक ९ शुक्रवार १३:१६





