मान्छे खुवाएर बाघ पाल्न सकिँदैन : प्रधानमन्त्री ओली

1.94K shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मान्छे खुवाएर बाघ पाल्न नसकिने बताएका छन्। बिहीबार काठमाडौँमा वन तथा वातावरण मन्त्रालयले कोप २९ को समीक्षाका आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘जति भन्यो त्यति बाई बढाउने भन्ने हुँदैन, हाम्रो वनको क्षमताअनुसार जानुपर्छ। मान्छे खुवाएर बाई पाल्न सकिँदैन, त्यो गल्ती गर्नु हुँदैन।’

उनले सन् २००९ मा नेपालमा करिब ११० वटा बाघ रहेकोमा १० वर्षमा अढाइ सय बाघ पुगेको पनि उनले सुनाए। ‘अहिले साढे तीन सयभन्दा बढी बाघ छन्, जंगलमा मात्रै होइन गाउँमा हिँड्दा पनि बाघ छ कि भनेर हिँड्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘हामीले पनि चाहिने खालका काम गर्नुपर्छ। बाघ साढे तीन सय पाल्ने होइन, अलि थोरै पाल्नुपर्छ। डेढ सय बाघ भए पुग्छ।’

उनले केही बाघ उपहार दिन सकिने पनि बताए।

1.94K shares