‘वसन्त’को बूकिङ खुल्यो, कस्तो गर्ला ओपनिङ ?

1.76K shares

काठमाडौँ । गायक प्रकाश सपूतको डेब्यू निर्देशनमा बनेको चलचित्र ‘वसन्त’को बूकिङ खुलेको छ । फिल्मले मल्टिप्लेक्सहरुमा राम्रो शोज पाएको छ ।

उत्साहजनक शोज पाएका कारण फिल्मले कस्तो ओपनिङ गर्ला भन्ने पनि चासो देखिएको छ । यसअगाडि प्रकाशले अभिनय गरेको ‘परदेशी २’ र ‘पूर्णबहादुरुको सारंगी’ले दमदार व्यापार गरेको थियो । तर, ‘वसन्त’को प्रचार सामग्रीहरु कमजोर देखिएकाले फिल्मले अपेक्षित व्यापार गर्न नसक्ने हो कि भन्ने आशंका पनि देखिएको छ ।

फिल्मलाई क्यूएफएक्सले उपत्यकाका हलमा ३१ शोज दिएको छ । यस्तै, काठमाडौंको बीग मुभिजले यो फिल्मलाई ५ शोज दिएको छ । बीग मुभिजको ठूलो हलमा दिनैभरी यो फिल्मलाई शोज दिइएको छ । यता, चाबहिलको एफक्यूबले ५ शोज, वान सिनेमाज् नयाँ बानेश्वर र कालिमाटीमा पनि यो फिल्मलाई ५–५ शोज मिलेको छ ।

जातीय विभेदको कथा भन्ने फिल्ममा प्रकाश सपूत र स्वस्तिमा खड्काको मुख्य भुमिका रहेको छ ।

1.76K shares