सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस
वि.सं.२०८२ वैशाख १२ शुक्रवार ०८:३९
1.86K
shares

सिन्धुपालचोक । आज वैशाख १२ गते देशभर भूकम्प दिवस मनाइरहँदा सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस भएको छ । आज सिन्धुपालचोकको फुलपिङकोटमा विहान ११ बजेर ५३ मिनेट जाँदा ४ दशमलव १ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो ।
भूकम्पको धक्का सिन्धुपाल्चोक र आसपासका केही जिल्लामा पनि महसुस भएको जनाइएको छ । साथै, गएराती पनि साँझ ७ बजेर ३४ मिनेटमा रुकुमपूर्वको रन्मामैकोटलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्नेच्युडको भुकम्प गएको राष्ट्रि भूकम्प मापन केन्द्रले जनाएको छ ।
आजकै दिन २०७२ सालमा विनाशकारी भूकम्प गएको थियो । देशभर ठुलो क्षति पुर्याएको सम्झनामा आज भूकम्प दिवस मनाइँदैछ ।
वि.सं.२०८२ वैशाख १२ शुक्रवार ०८:३९
1.86K
shares







