‘आहुती’मा साम्राज्ञीसँग जोडी बाँध्दै प्रकाश दुतराज

2.51K shares

काठमाडौँ । गायक प्रकाश दुतराज अब फिल्मको हिरो बन्ने भएका छन् । लोक भाकालाई टिपेर गाउँदा दर्शकका मन जितेका प्रकाशले ‘आहुती :दे वे अफ चेन्ज’ फिल्मबाट डेब्यू गर्ने भएका हुन् ।

हाल फिल्मको छायांकन पाँचथरमा भइरहेको छ । फिल्ममा रिहान गिरी र साम्राज्ञी राज्यलक्ष्मी शाह मुख्य भूमिकामा छन् । फिल्ममा प्रकाश र साम्राज्ञी अपोजीट भूमिकामा देखिएका छन् ।

भवानी संग्रौलाको निर्माण तथा निर्देशनमा फिल्म तयार भइरहेको छ ।

2.51K shares