रास्वपा कार्यालय पुगेर विपिन कार्कीले गरे रवि लामिछानेको पक्षमा हस्ताक्षर
वि.सं.२०८२ असार ८ आइतवार १३:५५
1.69K
shares

काठमाडौँ । अभिनेता विपिन कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा पुगेर रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका छन् । रास्वपाले संचालन गरिरहेको रवि लामिछानेबारेको हस्ताक्षर अभियानमा उनले भाग लिएका हुन् ।
कार्कीले आइतबार रास्वपा कार्यालय पुगेर ‘रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध जनताको हस्ताक्षर अभियान’मा विपिनले हस्ताक्षर गरेका हुन् ।
पार्टीको तेस्रो स्थापना दिवसको अवसरमा रास्वपाले ७ असारदेखि अभियान संचालन गरिरहेको छ । कामको कुरा गर्नुपर्दा विपिन अभिनित पछिल्लो फिल्म ‘ऊनको स्वीटर’ले १० करोडभन्दा धेरैको कलेक्सन गरेको थियो ।
वि.सं.२०८२ असार ८ आइतवार १३:५५
1.69K
shares





