‘पीआर’को टिजर रिलिज

1.67K shares

काठमाडौँ । निर्देशक शोभित बस्नेतको निर्देशनमा बनेको फिल्म ‘पीआर’को टिजर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माण टिमले फिल्मको टिजर सार्वजनिक गरेको हो ।

टिजरमा अष्ट्रेलियामा पीआरका लागि हुने गरेको संघर्ष र दुःख कथा समावेश गरिएको छ । सलोन सलिना फिल्मस्को प्रस्तुतिमा तयार भएको फिल्ममा सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, विमल खत्री, नविन गयाल र कुशल थापाको अभिनय छ ।

फिल्मको छायांकन नेपाल र अष्ट्रेलियामा गरिएको हो । लक्ष्मण सापकोटा र प्रदीप दाहालको लगानीमा तयार भएको फिल्ममा सौरभ लामाको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, मानस राज र भीम वीसीको संगीत, बन्दे प्रसादको सम्पादन, गणेश वुढाथोकीको लेखन, मनोज श्रेष्ठको भीएफएक्स छ ।

 

1.67K shares