बल्छी ध्रुवेले ‘गोबर गणेश’ बनाउने
वि.सं.२०८२ असार १७ मंगलवार १२:२०
1.55K
shares

काठमाडौँ । चर्चित कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’ ले फिल्म निर्देशन गर्ने भएका छने । टेलिभिजन सिरियलमा रुचाइएका श्रेष्ठले ‘गोबर गणेश’ निर्देशन गर्ने भएका हुन् ।
बल्छी धुर्बे फिल्मसको प्रस्तुति रहने फिल्म माघ १ गते रिलिज हुनेछ । टेलिफिल्म ‘मेरी बास्सै’बाट बल्छी धु्रवेका रुपमा दर्शकमाझ चिनिएका उनको टेलिफिलम हल्का रमाइलो’ र ‘जुठे’ पनि उत्तिकै लोकप्रिय छ ।
फिल्ममा वर्षा शिवाकोटी, पदम तामाङ, सन्तोष बानिया, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना र पुजन घिमिरे (पुकु)को अभिनय हुनेछ । टौवा स्टुडियोको पब्लिसिटी डिजाइन रहने फिल्मको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ ।
नेपालमा यो फिल्मको वितरण श्री ब्याकटेस इन्टरटेनमेन्टले गर्नेछ ।
वि.सं.२०८२ असार १७ मंगलवार १२:२०
1.55K
shares





