इलामबाट ‘मैझारो’को छायांकन सुरु

1.41K shares

काठमाडौँ । अभिनेता विल्सन विक्रम राईको डेब्यु निर्देशन रहेने चलचित्र मैझारोको छायांकन सुरु भएको छ । बिहीबार नेपालको पूर्वी पहाडी जिल्ला इलामबाट फिल्मको छायांकन सुरू गरिएको हो।

पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थलाई आधार बनाएर निर्माण हुने फिल्मलाई इलाम र पाँचथर जिल्लाका विभिन्न स्थानहरुमा खिचिनेछ । फिल्मको कथा, पटकथा पनि निर्देशक राईकै रहनेछ ।

फिल्ममा धिरज मगर, मिरूना मगर, दिया पुन, सुनील थापा, कविता आले, पुस्कर गुरूङ, अभयराज बराल, उदय सुब्बा, बुद्धि तामाङ, रजनी गुरूङ, विशाल लिम्बू र सुभाष सिंह ठकुरीलगायत कलाकारहरूको अभिनय रहनेछ।

संगीत अनमोल गुरूङ र तोरेम्पा हाङ राईले संयोजन गर्ने फिल्मका गीतमा राजेश पायल राई, अस्मिता अधिकारी, झुमा लिम्बू, अनमोल गुरुङलगायतले स्वर दिनेछन्।
तक्मे प्रोडक्सन को ब्यानरमा निर्माण हुन लागेको यो पहिलो फिचर फिल्म हो। फिल्मको छायांकन सौरभ लामाले गर्दैछन्।

1.41K shares