‘अभिमन्यूः च्याप्टर १’को मोसन टिजर रिलिज

1.55K shares

काठमाडौँ । सुशान्त गौतमको डेब्यू निर्देशनमा बनेको फिल्म ‘अभिमन्यू: च्याप्टर १’ को मोसन टिजर सार्वजनिक भएको छ । सेभेन सिज सिनेमा मार्फत टिजर सार्वजनिक गरिएको हो ।

टिजरमा जिल्ला कारागार मोरङ अगाडि एक व्यक्तिले चुरोट सल्काउँदै गरेको दृश्य देखाइएको छ । टिजर हेर्दा पैसाका लागि मानिसले गर्ने संघर्ष फिल्ममा देखाइने अनुमान लगाउन सकिन्छ ।

भदौको २७ गतेबाट प्रदर्शनमा आउने फिल्ममा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देवा, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौला लगायतका कलाकारहरूको अभिनय छ ।

फिल्ममा मुकेश खनालको लेखन छ । शरद महत्तोको डीओपी रहेको यो फिल्मको हिन्दी भर्सन असोज ६ गतेबाट रिलिजमा आउँदैछ ।

 

1.55K shares