बहुप्रतिक्षित ‘जारी २’ असोज ३ मा आउने
वि.सं.२०८२ साउन १८ आइतवार १०:२१

काठमाडौँ । प्रतिक्षित चलचित्र ‘जारी २’ को प्रदर्शन मिति तय भएको छ । निर्माण टिमले संविधान दिवसको अवसरमा असोज ३ गतेलाई प्रदर्शन मिति तोकेको हो ।
फिल्मको पहिलो पार्ट अल टाइम ब्लकबस्टर भएपछि दोश्रो पार्टको व्यग्र प्रतिक्षा गरिएको थियो । उपेन्द्र सुब्बाको निर्देशन रहेको फिल्मको कथा पनि उनकै हो । फिल्ममा रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङको लगानी रहेको छ ।
फिल्मलाई बाँसुरी फिल्मस्सँग कबड्डी फिल्मस्ले सहकार्य गर्दै निर्माण गरेको हो । फिल्ममा दयाहाङ राई, मिरुना मगर, ऋचा शर्मा, विजय बराल, वुद्दि तामाङ, प्रेम सुब्बा, विश्व मोक्तान, कमलमणि नेपाल, रेखा लिम्बु लगायतका कलाकारहरूको अभिनय छ ।
निमेष श्रेष्ठको सम्पादन रहेको फिल्ममा संजय लामाको डीओपी छ । फिल्म ‘जारी’ले बक्स अफिसमा १७ करोडको व्यापार गरेको थियो ।
वि.सं.२०८२ साउन १८ आइतवार १०:२१





