अक्षयकुमार र अर्शद वारसी अभिनीत ‘जोली एलएलबी ३’ को टिजर सार्वजनिक

2.29K shares

काठमाडौँ । बलिउडको कोर्टरुम ड्रामा फिल्म ‘जोली एलएलबी ३’ को टिजर सार्वजनिक भएको छ । मंगलबार फिल्मको डेढ मिनेटको टिजर सार्वजनिक गरिएको हो ।

‘जोली एलएलबी’ फ्रेन्चाइजको तेश्रो पार्टमा पहिलो र दोश्रो भागका जोली एक अर्काबिरुद्ध उभिनेछन् । फिल्मको शीर्ष भूमिकामा अक्षय कुमार र अर्शद वारसी छन् । ब्ल्याक कमेडी जनराको फिल्मको टिजर रमाइलो बनेको छ । दुई जोली मिलेर यो पटक सौरभ शुक्लाको दिमाग कोर्टमा खराब गर्ने देखिएको छ ।

सुभाष कपुर निर्देशित फिल्मको पहिलो भाग सन् २०१३ मा र दोश्रो भाग २०१७ मा रिलिज भएको थियो । फिल्ममा हुमा कुरेशी र अन्नु कपूरको पनि अभिनय रहनेछ । फिल्म आउँदो १९ सेप्टेम्बरमा रिलिज हुँदैछ।

 

2.29K shares