‘बलिदान’को टिजर रिलिज, समीर भट्टलाई ‘एक्सन किङ’को ट्याग

2.58K shares

काठमाडौँ । यो वर्षकै बहुप्रतिक्षित चलचित्र ‘बलिदान’को टिजर रिलिज भएको छ । लामो प्रतिक्षापछि निर्माण टिमले झन्डै २ मिनेटको टिजर सार्वजनिक गरेको हो ।

शनिबार श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर सार्वजनिक गरिएको टिजर समीर भट्टको वरिपरि केन्द्रित छ । टिजरमा क्रोध, बदला, न्याय र देशभक्तिको भावना देखाइएको छ । अन्यायका बिरुद्ध लड्ने नायकका रुपमा समिरलाई प्रस्तुत गरिएको छ ।

सन्तोष सेनको निर्देशनमा बनेको फिल्मको टिजरमा समिरलाई एक्सन किङको ट्याग पनि दिइएको छ । विराज भट्टको भ्वाइस ओभरबाट सुरु हुने टिजरमा फिल्मका मुख्य पात्रहरुलाई स्थान दिइएको छ । सौगात मल्ल, अर्पण थापा, हेमन्त बुढाथोकी, ऋचा शर्मा लगायतको कलाकारलाई प्रस्तुत गरिएको छ ।

टिजरमा समीरको एक्सन सिनहरुलाई प्राथमिकता दिइएको छ । समग्रमा टिजरले दर्शकलाई खुसी बनाएर टिज गर्न सफल भएको छ ।

निर्देशक सेनको पनि फिल्ममा अभिनय रहेको छ । उनी आदिवासी पात्रको भूमिकामा छन् । आसुसेन फिल्म्सको ब्यानरमा बनेको फिल्मका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन् ।

फिल्ममा दर्शन जीको लेखन, महेश पौडेलको छायांकन, सुजन चापागाईँको संगीत निर्देशन तथा स्टन्डर साम र श्री श्रेष्ठको द्वन्द्व निर्देशन सम्पादन रहेको छ ।

 

2.58K shares