टेलर स्विफ्टले गरिन् इन्गेजमेन्ट, ५ लाख डलरको औंठी चर्चामा
वि.सं.२०८२ भदौ १२ बिहीवार ०७:३६
2.02K
shares

काठमाडौँ । अमेरिकी पपस्टार टेलर स्विफ्ट र फुटबल खेलाडी ट्राभिस केल्सीले इन्गेजमेन्ट गरेका छन् । स्विफ्टले सामाजिक सञ्जालमा पाँच तस्वीर पनि सेयर गरेर इन्गेजमेन्टको जानकारी दिएकी हुन् ।
उनले क्याप्सन लेखेकी छन्, ‘तपाईंको अंग्रेजी शिक्षक र तपाईंको जिम शिक्षक विवाह गर्दैछन् ।’क्याप्सनसँगै डायनामाइट स्टिक इमोजी पनि छ ।
स्विफ्टको इन्गेजमेन्ट औंठीको मूल्य लगभग ५ लाख ५० हजार अमेरिकी डलर बराबरको रहेको बताइएको छ । यो औंठीको मूल्य अहिले चर्चामा छ । स्विफ्टको कुल सम्पत्ति लगभग १.६ अर्ब डलर छ ।
वि.सं.२०८२ भदौ १२ बिहीवार ०७:३६
2.02K
shares





