एमालेका महेश बस्नेत निकट समूहको धम्कीपछि सुदन गुरूङ सम्पर्कविहीन

1.95K shares

काठमाडौं । जेनजी आन्दोलनका अगुवा दावी गर्ने एनजीओ हामी नेपालका संयोजक सुदन गुरुङमाथि बुधबार एक समूहले आक्रमणको प्रयास गरेको छ।

नेकपा एमालेका युवा नेता महेश बस्नेत निकट दावी गर्ने समूहले संयोजक गुरुङमाथि धम्की दिएको हो । गुरुङलाई मंगलबारदेखि नै अपरिचित समूहले पिछा गरिरहेको थियो । मंगलबार काठमाडौंका विभिन्न क्षेत्रमा आफ्नो पिछा गरेको बताएका उनले बुधबार पनि रानीबारीदेखि नयाँ बानेश्वरसम्म केही थान पल्सर र होन्डा बाइकमा रहेको समूहले लखेटेको गुरुङले बताएका छन् ।

लखेट्ने क्रममा बीच बाटोबाट केही गाडीहरु पनि थपिएको गुरुङको दाबी छ । उनले आफुलाई मार्ने उद्देश्यले पिछा गरिरहेको बताए । बुधबार मात्रै मैले जानकारी पाए त्यो समूह एमाले नेता बस्नेतबाट परिचालित रहेछ ।’ संयोजक गुरुङले सुशासनका लागि आफूले आवाज उठाउदा र जेनजी आन्दालनमा समन्वयकारी भूमिका निर्वाह गर्दा आफूलाई सुरक्षा चुनौती भएको बताएका छन् ।

प्रहरीले संयोजक गुरुङको सुरक्षाका लागि रणनीतिक काम गरिरहेको बताए पनि गुरुङ अहिले सम्पर्क विहीन भएका छन् ।

1.95K shares