सुनको मूल्य प्रतितोला ३ लाख नाघ्यो

518 shares

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । बिहीबारको तुलनामा आज प्रतितोला सुन ९ हजार २०० रुपैँया र चाँदी ३२० रुपैँयाले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य ३ लाख एक हजार ४०० रुपैँया र चाँदीको मूल्य ६ हजार १९० कायम भएको छ ।

गत बुधबार एक तोला छापावाल सुनको मूल्य २ लाख ९५ हजार १०० र चाँदीको मूल्य पाँच हजार ९२० कायम भएको थियो ।

518 shares