विश्वकपमा आजबाट नकआउट चरण सुरु, आज दुई खेल हुँदै
वि.सं.२०७९ मंसिर १७ शनिवार ०३:२६
1.56K
shares

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबलमा आजबाट नकआउट चरणका खेलहरु सुरु हुँदैछ । शुक्रबार राति समुहचरणका खेलहरु सकिएपछि आजबाट नकआउट चरणका खेल सुरु हुने भएको हो ।
नकआउट चरणको पहिलो दिन दुई खेलहरु हुनेछन् । पहिलो खेल नेदल्यान्ड्स र अमेरिका बिच हुनेछ । नेदरल्यान्ड्स समूह ‘ए’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो भने अमेरिका भने समूह ‘बी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।
त्यस्तै, दोस्रो खेल समुह ‘सि’ को विजेता बन्दै नकआउट चरणमा पुगेको अर्जेन्टिना र समुह ‘डी’ को उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको अष्ट्रेलियाबिच हुनेछ ।
वि.सं.२०७९ मंसिर १७ शनिवार ०३:२६
1.56K
shares





