फिल्मसिटीको अध्ययन गर्न दोलखाको लाकुरीडाँडा पुगे भुवन केसी
वि.सं.२०७९ पुस १५ शुक्रवार ०९:४३
1.92K
shares

काठमाडौँ । प्रस्तावित फिल्मसिटीको अध्ययन गर्न चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी स्थलगत भ्रमणमा गएका छन् । शुक्रबार केसी दोलखाको भीमेश्वर नगरपालिका–८ स्थित लाकुरीडाँडामा अध्ययन गर्न पुगेका हुन् ।
सरकारले उक्त ठाउँमा अन्तराष्ट्रिय चलचित्र नगरी बनाउने प्रस्ताव गरेको थियो । त्यसका लागि बजेट पनि विनियोजन भइसकेको छ । सो ठाउँमा अध्ययन अवलोकनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव उत्तरकुमार खत्री, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, सदस्य राज कटुवालसहितको टोली पुगेको हो ।
वि.सं.२०७९ पुस १५ शुक्रवार ०९:४३
1.92K
shares





