मेस्सि बिनाको पीएसजी फ्रेन्च लिगमा पहिलो पटक हार्यो
वि.सं.२०७९ पुस १८ सोमवार ०२:३७

काठमाडौँ । फ्रेन्च लिगवानमा आइतबार राति भएको खेलमा पीएसजी पराजित भएको छ । पीएसजी लेन्ससँग ३–१ गोलअन्तरले पराजित भएको हो ।
खेलको पाँचौं मिनेटमा पर्जेमिस्लाव फ्रान्कोस्कीले लेन्सलाई अग्रता दिलाएका थिए । त्यस्तै, आठौं मिनेटमा हुगो एकिटिके पीएसजीका लागि बराबरी गोल फर्काएका थिए । तर, २७ औं मिनेटमा लुइस ओपेन्डाले गोल गरेसँगै लेन्सले अग्रता बनायो । खेलको ४७ औं मिनेटमा अलेक्सिस क्लाउडेले गोल गरेसँगै लेन्सले ३–१ ले जित हासिल गर्यो ।
पीएसजी विश्वकप विजेता लियोनल मेस्सि र नेयमार बिना नै मैदानमा उत्रेको थियो । विश्वकप जितेपछि मेस्सि छ्ट्टि मनाइरहेका छन् भने नेयमार अघिल्लो खेलमा रातो कार्ड पाएर मैदान बाहिर छन् ।
जितसँगै लेन्स ४० अंकको साथ दोस्रो स्थानमा रहेको छ भने पीएसजी ४४ अंकको साथमा शिर्ष स्थानमा रहेको छ ।
वि.सं.२०७९ पुस १८ सोमवार ०२:३७





