‘ह्रस्वदीर्घ’मा नायिका गरिमा शर्माको इन्ट्रि
वि.सं.२०७९ पुस १८ सोमवार ०२:४७

काठमाडौँ । चलचित्र ‘ह्रस्वदीर्घ’मा नायिका गरिमा शर्माको इन्ट्रि भएको छ । पछिल्लो समयकी चर्चित मोडल शर्माको यो दोस्रो चलचित्र हो । उनले लण्डन टु पेरिसमा सह–नायिकाको भुमिका निर्वाह गरेकी थिइन् ।
निता फिल्मसको ब्यानरमा बन्न लागेको चलचित्र कलाकार छनौटका कारण चर्चामा छ । चलचित्रमा बलिउड र कलिउडका कलाकारको जम्बो टोलिले काम गर्ने जनाइएको छ ।
चलचित्रमा बलिउडबाट दक्षिण भारतीय अभिनेता सुनिल बर्मा, अलि, राज रावल र ब्रम्हानन्दमले काम गर्ने फाईनल भएको जनाइएको छ । यसै चलचित्रमाफृत अभिनेत्री बिपना थापा १६ वर्षपछि कमब्याक गर्दैछिन् । त्यस्तै, सरोज खनाल, रविन्द्र झा लगायतका कलाकार पनि रहने जनाइएको छ ।
कलाकार छनौट पछि चाँडै छायांकनमा जाने निर्माण टिमले जनाएको छ।
वि.सं.२०७९ पुस १८ सोमवार ०२:४७





